सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण

18.2k Shares

एजेन्सी: सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। अमेरिकाको न्यूयोर्कस्थित एनवाईयू ल्याङ्गोन हेल्थमा गरिएको शल्यक्रिया सफल भएको हो।

‘ब्रेन डेड’ भएकी एक महिलामा ५४ घण्टाको प्रयासमा मिर्गौला प्रत्यारोपण गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ। प्रत्यारोपण गरिएको सो मिर्गौलाले सामान्य रूपमा काम गरिरहेको शल्यक्रियाको नेतृत्व गरेका डा। रोबर्ट मोन्टगोमेरीले बताएका छन्। उनले मिर्गौलाबाट अपेक्षाकृत पिसाब बनाएको रोयटर्सलाई बताएका छन्।

यो सफलता चिकित्सा विज्ञानमा कोसेढुङ्गा साबित हुन सक्ने बताइएको छ। यसले अङ्ग प्रत्यारोपणमा अङ्ग अभावलाई पूर्ति गर्ने विश्वास लिइएको छ। 

यद्यपि यो चिकित्सा विज्ञानमा राम्रो सफलता भएपनि कतिपयले भने नैतिकताको प्रश्न पनि उठाएका छन्। 

ताजा अपडेट
सम्बन्धित समाचार