नया बर्ष देखि भारतले निकासी प्रतिबन्ध खोलने

12.1k Shares

काठमाडौं- भारतले प्याज निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। अाउदाे नया बर्ष अर्थात पुस १७ गते शुक्रबार (जनवरी १, २०२१)बाट लागू हुने गरी भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निकासीमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।  भारतले भदौ २९ गते आन्तरिक बजारमा प्याजको माग बढेको र मूल्य आकाशिएको भन्दै निकासीमा प्रतिबन्ध लगाएको थियो। 

नेपालमा सबैभन्दा धेरै भारतीय प्याज आयात हुने गरेको छ। भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएलगत्तै नेपाली बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय ५० रूपैयाँभन्दा धेरै पुगेको थियो। 

ताजा अपडेट
सम्बन्धित समाचार