धनुषाका शिक्षकहरु आन्दोलनमा, कारण यस्तो छ!

20.4k Shares
यो पनि

जनकपुरः नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धनुषाका शिक्षकहरु आन्दोलनमा उत्रेका छन् ।उक्त आन्दोलनमा उत्रेका शिक्षकहरुले शान्तिसुरक्षा कायम गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएका छन् । 

गत कात्तिक १२ गते शुक्रबारका दिन नियमित पठनपाठन नगराएको र अनावश्यक अतिरिक्त शुल्क असुल गरेको जस्ता अनावश्यक आरोप लगाउँदै प्राधानाध्यापक साहलाई विद्यालयअगाडि मोटरसाइकलमा बाहिरिँदै गर्दा विद्यार्थीहरुले कालोमोसो लगाएर चप्पलले हिर्काएपछि शिक्षकहरु आन्दोलनमा उत्रेका हुन् ।

अनावश्यक आरोप लगाएर आफुलाई अभद्र व्यवहार गर्नेलाई कारबाही र शान्ति सुरक्षाको ग्यारेण्टी नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।

ताजा अपडेट
सम्बन्धित समाचार