फेरियो मिस नेवा कोशीको नाम , मिस नेवा प्रोभिन्स १ को नामबाट हुदै चौथो संस्राकरण !

17.5k Shares

विराटनगरमा: विगत लामो समयदेखि विराटनगरमा हुदै आएको मिस नेवा कोशीको नाम परिवर्तन गर्दै आयोजकले मिस नेवा प्रोभिन्स १ राखेको छ ।

नेवार समुदायको युवतीहरु सहभागी भइ हुने मिस नेवाको यो चौथो सस्करण हुने भएको आयोजकले जनाएको छ । कोरोना भाइरसको महामारीले विगत दुई बर्षदेखि स्थगित भएको मिस नेवा पुनः बृहत् र फरक रुपमा हुने भएको आयोजकले बताए ।  नेवार समुदाय का १६ बर्षा देखि २५ बर्ष उमेर समुहाका युवतीहरु यस्मा सहभागी जनाउन सक्ने छन भने बिजेताले स्कुटी , जीवन बिमा सहित बिभिन्न आकर्षक उपहार पाउने छन ।

मिस नेवा को अडिसन र स्थान हरु छिट्टै घोषणा गर्ने आयोजक मन्जिना मुभिज क्रीयसन का निर्देशक जतिन ताम्राकारले जानकारी दिए । 

ताजा अपडेट
सम्बन्धित समाचार