बन्दको कारण यात्रुहरु परे अलपत्रमा

10.2k Shares

काठमाडौंः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव मंगलबार बिहानैदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा देखिएको छ । 

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव समूहले गरेको नेपाल बन्दका कारण यात्रुले बिहानै सास्ती खेप्न परेको छ । विभिन्न जिल्लाबाट हिजो छुटेर बिहानै काठमाडौं आइपुगेका यात्रुहरु गाडी नचल्दा अलपत्रमा परेका छन् । 

उपत्यकाका सडकमा सार्वजनिक सवारी साधनहरु कम मात्रामा चलेका देखिन्छ । बन्दको प्रभाव कम गर्न चोकचोकमा प्रहरीहरु खटिएका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार