अमेरिकी सहायक विदेशमन्त्री लुद्धारा खोप केन्द्रको अवलोकन

11.1k Shares

काठमाडौंः दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी ब्यूरो हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुगेर खोप केन्द्रको अवलोकन गरेका छन् ।

तीन दिने नेपाल भ्रमणको क्रममा रहेका सहायकमन्त्री लुले बिहीबार बिहान शिक्षण अस्पताल पुगेर कोभिडविरुद्धको फाइजर खोप केन्द्रको अवलोकन गरेका हुन् । सो अवसरमा सहायकमन्त्री लुले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गरे ।

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सरकारले नेपाललाई कोभिडविरूद्धको १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन र १ लाख ६२० डोज फाइजर खोप यस अघिनै उपलब्ध गराइसकेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार