भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको ट्विटरले नै पुष्टि गरेको छ।
ह्याक भएको उक्त ह्यान्डल @narendramodi_in बाट शृङ्खलाबद्ध ट्वीट गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी दान गर्न आग्रह गरिएको थियो।
सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार बिहीवार बिहान ३:१५ बजेतिर मोदीसँग सम्बन्धित उक्त खाता ह्याक भएको थियो। ह्याक भएपछि गरिएका सबै ट्वीटहरू मेटिएको छ।