काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेब गाैतमका कारण पार्टीमा तानाखिचि हुने गरेको छ ।
पार्टी विधानमै नभएको उपाध्यक्षदेखि जनताले हराएर तिमी सक्दैनाै भन्दासम्म सांसद बन्नुपर्ने उनको हठी स्वभावका कारण नेकपा उनको वरिपरि घुम्ने गरेको छ ।
पछिल्लोसमय विभिन्न असफल प्रयासपछि अर्थमन्त्री बन्ने इच्छा सार्वजनिक गरेका छन् । अस्थिर चरित्रका धनी गाैतम कहिले कुन गुटमा कहिले कुन गुटमा पुगेर व्यक्तिगत फाइदा लिने ध्याउन्न मै छन् ।
प्रचण्ड-नेपाल समूहमा पुगेर होस या प्रधानमन्त्री केपी शर्मा ओली क्याम्पमा पुगेर उनले पार्टीमा कसैले पाउन नसक्ने सुविधा लिन सक्ने गरेका छन् । उनी त्यस्ता नेता हुन जसले गुट परिवर्तन पिच्छे कहि लाभ लिन्छन् ।
पछिल्लो समय प्रधानमन्त्री ओली निकट मानिन पुगेका उनी रातारात बार्गेनिङको स्थानमा पुगेका छन् । उनी आफू राष्ट्रियसभामा जाने र अर्थमन्त्री बन्ने जनाउन थालेपछि नेकपामा पुनः बबन्डर सुरु भएको हो ।
उनी महाकाली सन्धिपछि केहि समय हठी कडा र राष्ट्रियताका केहि आशा गर्ने खालका नेता हुन भन्ने गरेर अगाडी बढेका थिए । उनलाई ठूलै पंक्तिले सहयोग समेत गर्थ्यो । तर, अहिले उनी श्रीमतिबाहेक अन्य नेताको कुरा सुन्ने र बुझ्ने मुिडमा छैनन् । यसर्थ गाैतम फाइदाका लागि पार्टीलाई झुलाउने देखि फुलाउने सम्म गर्ने भएकाले नेकपामा अहिले वामदेब फ्याक्टर भनेर छुट्टै बहस सुरु भएको छ ।