काठमाडौं । पर्साको छिपहरमाई गाउँपालिकामा शुक्रबार आयोजित नेकपा ओली समूहको कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री पद नपाउने टिप्पणी गरेर बताए ।
मन्त्री प्रभु साहले भने :- उनले जति षड्यन्त्र र छल गरे पनि प्रचण्ड-माधवको प्रधानमन्त्री बन्ने सपना साकार नहुने र प्रचण्ड र माधव नेपालले पार्टी ध्वस्त बनाएको आरोप लगाउदै भने आफैँले खनेको खाल्डोमा फस्ने ‘संसद पुनर्स्थापनापछि प्रचण्ड र माधव नेपाल सांसद किनबेच गरेर गणितीय फोहोरी खेलमार्फत् प्रधानमन्त्री बन्ने सपना देखिरहेको भए पनि पूरा हुँदैन । सत्ता हत्याउन प्रचण्ड र माधव नेपालले रोपेको अस्थिरताको काँडाले उनीहरूलाई घोच्छ उनले टिप्पणी गर्दै बताए । मधेसी जनताको नाउँमा चुनाव जितेर प्रदेश सरकारले आफैं कमिसन लिएर ठेकदार र कार्यकर्ता पालिरहेको उनको आरोप छ । नयाँ सरकार निर्माणका लागि गणितीय फोहोरी खेलको सुरु भएको पनि बताए ।