ओली सरकारकै पालामा एमसिसी संसदमा लाने सहमति भएको हो : कांग्रेस प्रवक्ता महत

21.9k Shares
सम्बन्धित पार्टी

काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय मुद्दाका महत्त्वपूर्ण विषयमा जनतामा भ्रम छर्ने काम भइरहेको बताएका छन्।

प्रवक्तामा नियुक्ति भएपछि आयोजित एक कार्यक्रममा डा. महतले एमसीसी संसदमा लगेपछि दूधको दूध, पानीको पानी हुने टिप्पणी समेत गरेका छन । 

नेता महतले एमसीसी नेपालले नै मागेको  सहयोग भएको भन्दै अनावश्यक होहल्ला गरिएको आरोप लगाएका छन ।  उनले राष्ट्रिय मुद्दामा महत्वपूर्ण विषयमा जनतामा भ्रम सृजना गर्ने काम भइरहेको भन्दै मिडियाले वास्तविक विषयमा छलफल बहस चलाउनुपर्ने बताए।

यस्तै महतले  हिजो अरुण तेस्रो जलविद्युत आयोजना कांग्रेस नेतृत्वको सरकारले अघि बढाउन खोज्दा त्यो काम राष्ट्रियताको हित विपरीत छ भनेर देशभर गलत हल्ला फैलाएको आरोप समेत लगाएका छन । अहिले एमसीसीमा पनि त्यही भएको उनको भनाई थियो। एमसीसी नेपालजस्ता विकाशोन्मुख देशको मागका आधारमा तयार भएको परियोजना रहेको बताउँदै महतले सबै सरकार यसको पक्षमा रहेको बताए।

 

ताजा अपडेट
सम्बन्धित समाचार