काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशमशेरमाथि महाभियोगको प्रस्ताव दर्ता भएको दाबी गरेका छन् ।
सोमबार बिहान बर्दियाको सदरमुकाम गुलरियामा पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि त्यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको बताएका हुुुन ।
पूर्व सभामुखसमेत रहेका नेता महराले राष्ट्रिय हित बिपरित एमसिसी पास हुन नसक्ने धारणा समेत व्यक्त गरेका छन । उनी फागुन १ गते जनयुद्ध दिवसको अवसरमा आयोजित बारबर्दियामा भएको कार्यक्रमलाई सम्बोधन गर्न आइतबार बर्दिया पुगेका हुन् ।