काठमाडौं । राष्ट्रघात गर्नेलाई नाङ्गेझार पारेर टुँडिखेलमा झुन्ड्याउनु पर्ने जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले बताए ।
आज भएको धनगढी स्थित पत्रकार सम्मेलनमा उहाँले भने “कुर्सी स्वार्थमा पटक–पटक यहाँ राष्ट्रघात भएको र खोक्रो राष्ट्रवाद भएका नेताहरूकै कारण देश पछाडि धकेलिएको हो । त्यसैले मैले भन्दै आएको छु, राष्ट्रघातीलाई नाङ्गेझार पारेर टुँडिखेलमा झुन्ड्याउनु पर्छ” उहाँले दावी गर्नु भएको छ । ठूला राजनीतिक दलमा अझै पनि नश्लीय सोच र चिन्तन हाबी भएको हुँदा अहिलेको परिणाम शासन सत्तामा बस्नेहरू आफ्नो कुर्सीको सुरक्षाका लागि देश बेच्न पछि नपर्ने अनि त्यही व्यक्ति नै आफूलाई राष्ट्रवादी भन्दै भाषण गर्ने ? कस्तो विचित्र उनले भने । जनताले आफ्नो पहिचान खोज्दा जेल जानुपर्छ भने के को जनताको शासन भन्दै उनले प्रश्न गरे । ‘जनताले आफ्नो पहिचान खोज्दा आजीवन कारागार चलान हुन्छ भने यो के हो ?’, नेता महतोले अगाडि भने, ‘आन्दोलन गर्नेहरू अपराधी हो भने यसभन्दा पहिलेका कसैले आन्दोलन गरेका छैनन् । प्रचण्ड, केपीले आन्दोलन गरेनन् । अनि थारूको छोराले जेलमा बस्नुपर्ने । यो के न्याय हो ? महाकाली सन्धिमा राष्ट्रघात गर्ने शेरबहादुर देउवा र त्यसलाई पारित गर्ने केपी शर्मा ओली भएको उनले आरोप लगाएर बताए । विविधताले भरिएको देश भए पनि अझै पनि पहिचान र अधिकार पाउन सकिएको छैन । देशलाई गोल चक्करबाट मुक्ति दिनुपर्ने र गोल चक्करबाट मुक्ति नभएसम्म समृद्धि हाँसिल गर्न सकिँदैन ।