प्रधानमन्त्रीले राजीनामा दिए भने पार्टी एकता हुने सम्भावना जीवित - योगेश भट्टराई

10.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताउनु भएको छ ।

आज शुक्रवार  प्रेस संगठन ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए ।

उनले भने, “एकता हुने सम्भावना जीवित छ, सबै संगठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।” नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको उनको जिकिर थियो ।

नेता भट्टराईले नेपाल पत्रकार महासंघको भवन निर्माण गर्न व्यक्तिगत तर्फबाट एक लाख दिने र आउँदा बजेटबाट दश लाख विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए । साथै प्रचण्ड नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुनसक्ने उनले बताए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार