काठमाडौं । महोत्तरी जिल्लाको सहोडवामा बृद्ध दम्पति लामो समय बितिसक्दा पनि फेला परेका छैनन् । सो बृद्ध दम्पति अपहरण घटनाको विरोधमा आज बिहान स्थानीयद्वारा प्रहरी प्रशासन अगाडी नै चक्काजाम गरिएका छन् ।

पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसफिर झा र उनकी श्रीमती ६० वर्षकी गीतादेवी बेपत्ता भएका थिए । तर २ सप्ताह बितिसक्दा पनि अहिले सम्म प्रहरी प्रशासन कानमा तेल हानिकै अवस्था स्थानीयको गुनासो रहेका छन् ।

सो गाउँका स्थानीय नागरिक, बुद्धिजीवी, समाजसेवी, पेशाकर्मि, कृषक, विद्यार्थी लगायतले बृद्ध दम्पति अपहरण घटनाको विरोधमा प्रहरी प्रशासन अगाडी नै चक्काजाम गरिएका छन् । साथै निज दम्पतीको बारेमा सत्यतथ्य छानबिन गर्न प्रदर्शनकारीले अनुरोध गर्दै नारा लगाएका छन् ।