रुसद्वारा युक्रेनका थप ३ सहरमा आक्रमण,संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्का कुटनीतिज्ञहरूको बैठक बस्दै

11.3k Shares

काठमाडौं । रुसले युक्रेनका थप तीन वटा सहरमा आक्रमण गरेको छ ।

यसअघि आक्रमण नभएको लुट्स, नीप्रो र इभानो–फ्रान्किभिस्कमा रुसी फौजले आक्रमण सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यी फरक दिशामा रहेका सहरहरूमा रुसी फौजले गए राति एकै पटक आक्रमण गरेको हो ।

रुसी सेनाले ती सहरहरूमा विमानस्थल, लडाकु विमान मर्मत केन्द्र लगायतलाई लक्षित गरी विस्फोट गराएका हुन् । यस्तै रुसी सेना राजधानी किएभमा केन्द्रित हुन थालेका छन् । किएभबाट पाँच किलोमिटर नजिकै रुसी सेनाले घेरा हालिरहेका छन । 

यसैबीच रुसको आग्रहमा संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्का कुटनीतिज्ञहरूको बैठक आज बस्दैछ । रुसले अमेरिकामाथि युक्रेनमा जैविकअस्त्र निर्माणमा सहायता गरिरहेको आरोप लगाउँदै त्यसबारे छलफल गर्न सुरक्षा परिषद्को बैठक माग गरेको हो । अमेरिकाले रुसी आरोपलाई आधारहीन भन्दै खण्डन गरेको छ ।   

ताजा अपडेट
सम्बन्धित समाचार