काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस अमेरिकामाथि साइबर आक्रमणको तयारी गरिरहेको बताएका छन् ।
उनले अमेरिकी जासुसी संस्थाले पछिल्लो समय अमेरिकामाथि रसियन ह्याकरबाट आक्रमणको प्रयासहरू बढिरहेको तथ्याङ्क देखाएको उल्लेख गरेका हुुन्।
रसियाले साइबर आक्रमणको तयारी गरिरहेको भएपनि अमेरिका त्यसको प्रतिकारका लागि तयार रहेको बताएका छन् । युक्रेन र रुसबीच जारी पछिल्लो अवस्थालाई लिएर अमेरिकी सरकारले रुसमाथि लगाएको प्रतिबन्धको प्रतिफल यो तयारी भएको दावी उनको छ ।
हुन त यसअघि फेब्रुअरी १४ मा पनि बाइडेनले रसियाले अमेरिकामाथि साइबर आक्रमण गर्नसक्ने बताएका थिए ।