काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रको अवस्थाले कोही पनि निराश नहुन आग्रह गरेका छन्। नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी समिती बैठकमा बोल्दै नेता नेपालले यस्तो आग्रह गरेका हुन्।
नेता नेपालले भने, ‘अहिलेको अवस्था देखेर साथीहरूमा निराशा होला, केही होला केही नमान्नु, हिम्मतका साथबाट अगाडि बढनुपर्छ,’ बैठकमा उनले भने, ‘जनताको अपेक्षा र विश्वास छ। सैद्धान्तिक सोच र धारणाबाट हामीले अगाडि बढ्नुपर्छ।’
नेता नेपालले कसरी आन्दोलन अगाडि बढाउने भन्ने विषयमा मनन गरेर अगाडि बढ्नुपर्ने बताए। गलत प्रवृत्तिविरुद्ध हामी एकजुट हुने बेला हो, हामी विचलित भएर हिँड्ने होइन, नेता नेपालले भने। उनले अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको बेला कसरी सामना गर्ने भन्ने मुख्य विषय रहेको बताए।