बृद्ध दम्पति अपहरणको २२ औं दिन, आज फेरि स्थानीयले गरे प्रदर्शन 

19.4k Shares

काठमाडौं ।  बृद्ध दम्पति अपहरण भएको २२ औं दिन बितिसक्दा पनि फेला नपरेकोले आज फेरि स्थानीयले प्रदर्शन गरिएको छ ।

 सो बृद्ध दम्पति ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी गत फागुन १० गतेको बेपत्ता भएको थियोे । 

अपहरण घटनाको विरोधमा आज पनि स्थानीयले प्रहरीलाई छिटो भन्दा छिटो खोजी गर्न प्रदर्शन गरेका हुन ।  उनी दम्पती जिउँदै छ कि मृत अहिलेसम्म केहि अत्तोपत्तो हुन सकेको छैन। उनीहरूको खोजीमा ५० भन्दा बढी पोखरीमा खोजतलास गरिए पनि प्रहरीको हातमा कुनै सुराक फेला परेको छैन ।

शंकित रहेका चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले जनाएको छ । प्राविधिक टोलीबाट समेत अनुन्धान जारी छ । 

ताजा अपडेट
सम्बन्धित समाचार