काठमाडौं । चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।
दैनिक उपभोग्य वस्तुको समेत अभाव भएपछि चर्किएको प्रदर्शन रोक्न कर्फ्यु आदेश जारी भएकै समयमा सबै मन्त्रीहरुले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका हुुन् । राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि छन् । प्रधानमन्त्री महिन्दा राजापाक्ष र उनका दाइ राष्ट्रपति गोटाबय राजापाक्षले भने राजीनामा गरेका छैनन् ।
श्रीलङ्का सन् १९४८ मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ । विदेशी मुद्राको अभावले इन्धन आयातको भुक्तानी गर्न नसक्दा यसको असर परेको छ ।
कम्तीमा १२ घण्टा लोडसेडिङसँगै खाद्यन्न र औषधिको पनि अभाव छ । श्रीलङ्कामा अहिले मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा रोक लगाइएको छ ।
आर्थिक सङ्कट बढेर प्रदर्शन बढेसँगै सन् २०१९ मा अत्याधिक मतसहित विजयी भएका राष्ट्रपती राजपक्षको लोकप्रियता घटिरहेको बीबीसीले जनाएको छ ।