सरकारमा सहभागी हुन सबै दललाई श्रीलंकाली राष्ट्रपति राजपाक्षेको अपिल

18.4k Shares

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले देशको आर्थिक संकट समाधानका लागि सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।

सरकारका सबै २१ जना मन्त्रीले राजिनामा बुझाए पछि उनले देशको आर्थिक संकटको समाधानका लागि सबै राजनीतिक दलले मिलेर काम गर्नु पर्ने भन्दै दलहरुलाई सरकारमा सहभागी हुन निम्तो दिएका हुन् ।

आइतबारराति सरकारका सबै २१ जना मन्त्रीले राजिनामा बुझाएका थिए । देशको आर्थिक संकट समाधानका लागि काम नगरेको भन्दै नागरिकस्तरबाट प्रदर्शन सुरु भएपछि उनीहरले राजिनामा दिएका हुन् ।

५ वर्षका लागि प्रत्यक्ष निर्वाचित श्रीलंकाका राष्ट्रपतिलाई जुनसुकै बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद विघटन र गठन गर्ने अधिकार छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार