काठमाडौँ । अहिले युक्रेन तिर विस्वको ध्यान छ । यो देश इतिहासकै गम्भीर परिस्थितिबाट गुज्री रहेका छन । युक्रेन अहिले रुससंग युद्धमा छ । यस युद्धमा रुसले युक्रेनमा आक्रमण गरेको थियो । रुसले युक्रेन माथि आक्रमण गर्दा युक्रेन पश्चिमा देशरु संग मिलेर रुस बिरुद्ध निरन्तर लागेको र रुसको छेउमै नेटो सेना ल्याउन खोजेकोले युद्धमा जानु परेको भनेको छ । युक्रेनका राष्ट्रपति अहिले जेलेंस्की हुन् । उनी रुसको कडा आलोचक हुन् उनको साताको उदय रुस बिरुद्ध आन्दोलन बाट भएको छ । उनी रुस बिरुद्धको आन्दोलनमा राष्ट्रवादी भएर आएको नेता हुन् ।
अहिले राष्ट्रवाद भनेको अरु देशलाइ गाली गरेर आफुलाई चोखो बनाउने र आफ्नो गल्ती ढाकछोप गर्ने साधन भएको छ । राष्ट्रवाद सत्तामा पुग्ने प्रमुख हतियार पनि भएको छ । राजनीति र कूटनीति फरक कुरा हुन् तर राष्ट्रवाद मुदा लिएर राजनीति र कुटनैति एउटा ठाउमा मिसाउदा अहिले धेरै राष्ट्रहरुको समबन्ध तनाव ग्रस्त छ ।
युक्रेन अहिले रुससंग युद्धमा रहेको छ । कुनै पनि देशमा युद्धमा जानु अघि कुटनैतिक छलफल फेल हुनु हो । युक्रेनको अहिले सरकार रुस बिरोधी राष्ट्रवादमा आएको हो । रुसले गलत वा सहि गर्यो भन्ने कुराको बहस एउटा छदैछ तर यस युद्धले धेरै छती युक्रेनलाइ नै गरेको छ । युक्रेनका ५ लाख जनता आफ्नो जिन्दगी भरी आर्जेको सम्पती छाडेर शरणार्थी हुन् बाध्य भएका छन । एक जना व्यक्ति आफ्नो देश छोडेर भाग्नु भनेको उसको पुस्तौ देखि आर्जन गरेको सामाजीक र आर्थिक सम्पती छोड्नु हो ।
कुनै पनि एउटा सामान्य व्यक्तिको चाहना भनेको एउटा जिन्दगी भरीमा आफ्नै एउटा घर र गाडी होस् भन्ने हुन्छ जब तिनीहरु त्यो छोडेर जान बाध्य हुन्छ । तब उसको पिडा शब्दमा भन्न सकिदैन । तापनि आफ्नो जिन्दगी र आउने पुस्ताको भविष्य सुरक्षाको आशामा उ आफ्नो देश छोड्न बाध्य हुन्छ । युद्ध अघिको अवस्थामा फर्किन अब युक्रेनलाइ कति समय लाग्छ भनेर अहिले नै भन्न सकिने अबस्था छैन ।
युक्रेनी राष्ट्रपति जेलेंस्कीको राष्ट्रवाद पश्चिमी देशको समर्थन लिएर रुस बिरुद लाग्नु हो । यस्तो राष्ट्रवादलाइ आजकल प्रायोजित राष्ट्रवाद पनि भन्छन । यदि युक्रेनले राष्ट्रिवादको राजनीति भन्दा सफल कुटनैतिक प्रयोग गरेको भए यो युद्ध टाल्न सक्थ्यो । जेलेंस्कीको राष्ट्रवादले युक्रेनलाई कयौ वर्ष पछाडी धकलेको छ भने त्यहाँका स्थानीय जनताहरु तनावग्रस्त अवस्थामा जीवकोपार्जन गर्न बाध्य छन् ।