अबको केन्द्रीय कमिटीमा हामी उपस्थित हुनुपर्छ र लडाइँ त्यहीबाट सुरु गर्नुपर्छ - बामदेव गौतम

15.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  आज शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासंघको भेलालाई नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सम्बोधन गर्दै अबको केन्द्रीय कमिटीमा हामी उपस्थित हुनुपर्छ र लडाइँ त्यहीबाट सुरु गर्नुपर्छ “ उनले बताउनुभएको छ ।         

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले  शनिबार बोलाएको केन्द्रीय कमिटी बैठकमा आफूहरु उपस्थित हुनुपर्ने बताएका छन् । ओलीको विरुद्ध संघर्ष गरिरहेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहिताका नेताहरु पनि उक्त बैठकमा उपस्थित हुनुपर्ने उनले बताए ।

उनले प्रधानमन्त्री ओलीले फागुन २८ गते गरेकाे निर्णय फिर्ता लिन त्यही बैठकमा दबाब दिनुपर्ने धारणा राखेका छन्। उनको भनाइ छ, ‘लडाइँ त्यहाँबाट सुरु गर्नुपर्छ। सत्यको पक्षमा बहुमत नभए पनि हामी निरन्तर लडाइँ गर्नेछौं। म अल्पमतमा परेको मान्छेले आफूखुशी गर्छु भन्नुहुन्न।’

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल र खनाल दुवै उत्तिकै दोषी रहेको पनि गाैतमले बताएका छन्। खनाल–नेपाल पक्षको राष्ट्रिय भेलाबाट आगामी बैठकमा भाग लिने निर्णय भएको उनको दाबी छ। उनले भने, ‘अब आइन्दा बैठकमा भाग लिने गरी निर्णय गर्नुपर्छ भनेको थिएँ। त्यही निर्णय गर्नुभएछ। पार्टी जोगिने देखियो।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरे पनि तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खनाल–नेपालले भित्रै संघर्ष गर्नुपर्ने धारणा उनले राखे। उनले भने, ‘मेरो विचारमा विघटन गरे पनि उहाँहरु सँगै जानुपर्थ्याे । एकजना नेताले शक्तिको दुरुपयोग गर्नुभएको थियो। त्यहीँभित्र बसेर हामीले संघर्ष गर्नुपर्दथ्यो। पार्टी जोगिन सक्थ्यो।



ताजा अपडेट
सम्बन्धित समाचार