जसपा नेता राजकिशोर यादवले भने "रेशम चौधरीको रिहाई लेनदेनको विषय हुनु हुँदैन"

18.8k Shares
सम्बन्धित पार्टी

काठमाडौँ  । जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले रेशम चौधरीको रिहाईलाई लेनदेनको विषय नबनाउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै यादवले संविधान संशोधन, रेशम चौधरीको रिहाईको मुद्दा उठाउँदा सरकारमा आउनुस् भनेर आग्रह गर्ने गरिएको बताए । उनले अघि भने, ‘रेशम चौधरी सरकारको लेनदेनको विषय हुनु हुँदैन । सर्तका रुपमा बुझ्नु हुँदैन, नत्र त्यो राजनीतिक बेइमानी हुन्छ ।’

चौधरीसहितका थरुहट आन्दोलनका आन्दोलनकारी राजबन्दी भएको भन्दै उनले सीके राउत र विप्लवहरुलाई झै व्यवहार गर्नुपर्ने बताए । सरकारमा जान संविधान संशोधन, रेशम चौधरीको मुद्दा अघि सारेको भन्दै आफूलाई बद्नाम नगर्न समेत उनले आग्रह गरे ।

ताजा अपडेट
सम्बन्धित समाचार