परमाणु युद्धको खतरा नकार्न मिल्दैनःरुसी विदेशमन्त्री

10.5k Shares

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले पश्चिमी देशहरुबाट प्राप्त हतियारको अर्थ नेटो गठबन्धनले रुससँग युद्ध गरिरहेको जस्तै भएको बताएका छन् ।


सोमबार एक अन्तरवार्ताका बेला लावरोफले भने, ‘यो हतियारहरु रुसको सैन्य कारवाहीलाई वैध लक्ष्य हुनेछन् ।’


लावरोफले थपे, ‘वास्तवमा नेटो रुससँग छद्म युद्धमा छ । युद्धको अर्थ युद्ध हो ।’


रुसी विदेशमन्त्रीले हालको संकट परमाणु युद्धमा फेरिन सक्ने स्वीकार गरेका छन् । उनका अनुसार रुसले संघर्षलाई त्यो स्तरसम्म बढाउन चाहँदैन तर परमाणु युद्धको खतरा साँचो हो ।

ताजा अपडेट
सम्बन्धित समाचार