काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई परिवर्तनबाट बेदखल भएकाहरुको दलालका रुपमा तयार गरेको टिप्पणी गरेका हुन् ।
नेकपाभित्र दलालका रुपमा तयार गर्न सफल भए,’ नेपाल राष्ट्रिय उद्दोग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले ओलीबारे भने,‘दलालका रुपमा मोहराका रुपमा तयार गर्न शक्तिहरुले सफलता प्राप्त गरे । ओलीले अरुको इशारामा संविधान क्षतविक्षत पार्ने लोकतन्त्र मास्ने गतिविधि गरेको आरोप लगाए ।
देश र भावी सन्ततीको भविष्य जोखिममा पारिएको प्रचण्डको भनाई थियो । उनले भने,‘ नेपालीको आत्मनिर्णय धरापमा छ । हामी आफैले निर्णय गर्न सक्नु र निर्णय लिनसक्नु आत्मगौरव धरापमा छ ।’ उनले नेपालीलाई निरिह बनाउन खोजिएको र निर्णय अधिकार खोस्न खोजिएको बताए । उनले भने,‘ बढी गर्यौ भने भनेर धम्की दिन थालेका हुन् कि । आदेशपालक बनाउन खोजेको हो कि । प्रतिनिधि सभा पुनःस्थापनाबाट एउटा ब्याटल जितेपनि ढुक्क हुने अवस्था नभएको बताए ।





