काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मल कारखाना खोलिने र साथै स्वेदशी बिजुली प्रयोग गरिने बताएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा ओलीले कारखानाका लागि आवश्यक बिजुली उपलब्ध गराइने पनि बताए।
केही दिनअगाडि अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट र कृषिमन्त्री पद्मा अर्याल रहेको समितिले स्वदेशमा मल कारखाना सञ्चालन गर्न सकिने जनाएको थियो ।