सत्ता स्वार्थमा मोलतोल नहुने भन्दै रेशम चौधरी लगायत सबै माग पुरा गर्न डा. बाबुराम भट्टराईको टिपणी

11.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत  जसपाको मागहरु सत्ता स्वार्थमा मोलतोलका लागि प्रयोग हुन नहुने भन्दै रेशम चौधरी लगायत सबै राजनीतिक बन्दीहरुको रिहाइ तुरुन्त र निःशर्त गर्न माग गरेका छन् । 

 

पूर्वप्रधानमन्त्री भट्टराईले  राज बन्दीहरुको रिहाइ तुरुन्त र निःशर्त हुनुपर्ने का साथै थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकार सहितको राज्य पुनर्संरचना हुनेगरी संविधान संशोधन गरिनुपर्ने जसपाको सर्वसम्मत र निरन्तरको अडान रहेको बताएका छन् । 

 

डा. भट्टराईले जसपाले निरन्तर रुपमा उठाउँदै आएका मागहरु अहिलेको सत्ता स्वार्थमा मोलतोल हुनै नसक्ने भन्दै आफ्ना मागहरु तत्काल पूरा गर्न भनेका छन् । उनले आफूहरु र पार्टी प्रष्ट भएको अवस्थामा भ्रमको खेती नहोस् भन्दै चेतावनी पनि दिएका छन् । 

 

ताजा अपडेट
सम्बन्धित समाचार