प्रधानमन्त्री ओली आफूहरुको मागप्रति सकारात्मक - महन्थ ठाकुर

19k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरुको मागप्रति र मधेशको मुद्दामा सकारात्मक रहेको बताएको छ । 

 

आज शुक्रवार प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको होली मिलन समारोह कार्यक्रममा उनले पछिल्ला समय भएको छलफलमा प्रधानमन्त्री ओलीसँग सकारात्मक कुरा भएको बताए । 

 

अध्यक्ष ठाकुरले कतिपय मुद्दाहरु जिल्ला अदालत, कतिपय उच्च र कतिपय सर्वोच्चमा रहेकाले यस विषयमा महान्याधिवक्ताको कार्यालयसँग राय मागिएको जानकारी समेत दिए ।

 

प्रधानमन्त्री ओलीले आफूहरुको मागलाई गम्भीरतापूर्वक लिएको भन्दै ठाकुरले केही कार्यहरुलाई अगाडि समेत बढाएइको बताए। प्रधानमन्त्रीसँग पटक–पटक भएको वार्ता सकारात्मक रहेकोले आफूहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको अध्यक्ष ठाकुरले बताए।

 

उनले अहिले विवाद भन्दा पनि छलफल र संवादको साथ अगाडि बढनुपर्ने आवश्यकता रहेको बताउँदै नेकपा एमाले बिचको किचलोको कारण मुलुक एउटा अनिर्णयको बन्दी बनेको आरोप लगाए।

 

ताजा अपडेट
सम्बन्धित समाचार