वर्तमान सरकारसँग सत्ता साझेदारीको सम्भावना बढे - महन्थ ठाकुर

13.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा जसपाका नेता महन्थ ठाकुरले वर्तमान सरकारसँग सत्ता साझेदारी हुनसक्ने सम्भावना बढेको बताएका छन् ।

मधेसका माग सम्बोधन गर्ने सवालमा केपी ओली नेतृत्वको सरकार सकारात्मक देखिएको भन्दै सहकार्यको सम्भावना बढेको बताएका थिए । उनले भने 'प्रधानमन्त्री जीसँग हाम्रो कुरा भइराखेको छ । हामीले राखेका माग सम्बोधन गर्न सकारात्मक ढंगले प्रक्रिया अगाडि बढेको सन्देश प्रधानमन्त्रीबाट प्राप्त भएको छ । त्यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु ।

यसअघिका सरकारबाट आश्वासन मात्रै पाएको र ओलीसँगका संवाद सकारात्मक भएको उनको भनाइ थियो । सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताहरुबीच पटक पटक वार्ता भइसकेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार