साउन १ गतेदेखि वृद्धभत्ता बढ्ने, कसैलाई आपत्ति लाग्छ भने लागोस् - प्रधानमन्त्री ओली

13.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाण्डाै ।  रिपोर्ट्स क्लबको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री अ‍ोलीले आउँदो साउन एक गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ । वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । 

 

‘सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्, साउन १ गतेदखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस्’, ओलीले भन्नुभयो । ओलीले भत्ता बढ्ने कुरा सुन्दा कसैलाई निन्द्रा नलाग्ने पनि बताए । उनले भने, ‘यो सुन्दा कसैलाई निन्दा् लाग्दैन भने नलागोस । कसैलाई आपत्ति लाग्छ भने लागोस् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार