काठमाडौं । मंगलबार रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले साविक नेकपा एकताबारे आफूले सक्दो प्रयास गरेको दाबी गरेका छन् । तर, पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा धोका दिएको ओलीको आरोप छ ।
सर्वाेच्च अदालतको फैसला अनुसार आफूले पार्टी एकताको प्रयासका लागि प्रचण्डसँगको फोनवार्ता गरेको र थप छलफलका लागि आमन्त्रणसमेत गरेको तर उल्टै बोलाएकोमा गइन भनेर सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेर प्रचण्डले पार्टी एकतामा चासो नदेखाएको ओलीको भनाइ छ ।
ओलीले भने, “हो मैले प्रचण्डजीलाई फोन गरेको हो । पार्टी एकता गर्न फोन गरेको थिएँ । उहाँले मेरो केन्द्रीय कमिटीको बैठक छ, त्यो सकिएपछि फोन गर्छु र भेट्छु भन्नुभएको हो । एकछिनपछि त मिडियामा हेर्दा केपी ओलीले फोन गरेर भेटौं न भनेर प्रस्ताव गरेका थिए, मैले अस्वीकार गर्दिएँ भन्दै प्रचारबाजी गर्नुभएछ । मैले एकताको लागि गरेको फोनलाई मजाक बनाउनु भएछ ।
केपी ओलीले थपे, “ठिकै छ एकता चाहिँदैन थियो होला तर अहिले सर्वोच्च गएर किन नाटक गरेको ? एकता चाहेको भए त मैले पहल गरेकै थिएँ नि ।