काठमाडाैं । पाकिस्तानको गणतन्त्र दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको शुभकामना सन्देशको जवाफमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग शान्तिपूर्ण सम्बन्ध चाहेको बताएका छन् ।
दक्षिण एसियाको शान्ति र स्थिरता, भारत र पाकिस्तानबीचको सम्बन्धमा निर्भर छ, विशेषगरी जम्मु र कश्मिरको विवाद समाधान गर्न आवश्यक छ । त्यसअघि भारतीय प्रधानमन्त्री मोदीले पठाएको शुभकामना सन्देशमा पनि दुई वटा आणविक शक्ति राष्ट्रबीच शान्तिपूर्ण सम्बन्धका लागि आग्रह गरिएको थियो । काश्मिर क्षेत्रमा भएको विवाद र दुवै पक्षबीच देखिएका सबै समस्याको समाधानका लागि समेत आग्रह गरिएको पत्रमा भनिएको छ ।