काठमाडौं । प्रधानमन्त्री केपी शर्मा सुरक्षा थ्रेटकै कारण संसद्को बैठकमा सहभागी नहुनुभएको हो भन्दै नेपाली कांग्रेसका सांसद् दिलेन्द्र प्रसाद बडूले नआउनुको कारणबारे सरकारका प्रतिनिधिले स्पस्ट पार्नुपर्ने प्रश्न गर्नुभएको छ ।
प्रधानमन्त्रीले केही दिन अघि आफूमाथि सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुनसक्ने आशयको सार्वजनिक अभिव्यक्ति दिनुभएको छ, यसमा सत्यता कति छ, यथार्थ के हो ?’ उहाँले भन्नुभयो, ‘उहाँको सुरक्षामा गृह मन्त्रालयले थप के–के व्यवस्था गरेको छ, संसद् चलिरहँदा आजसम्म संसद्मा नदेखिनुको कारण सुरक्षा खतरा नै हो कि नैतिक खतरा महसुस गर्नुभएको हो ।
उहाँले भप्नुभयो, ‘यदि सुरक्षा खतरा छैन भने प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले आफ्नै देशको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्ने गरी गैरजिम्मेवार र बनावटी अभिव्यक्ति किन दिनुभयो ? यथासिघ्र सरकारको प्रतिनिधिबाट संसद्लाई जानकारी गराउन माग गर्दछु ।’