ओलीसँग कुनै पनि हालतमा सम्झौता नगर्ने - माधव नेपाल

11.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि हालतमा सम्झौता नगर्ने  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बरिष्ठ नेता माधव कुमार नेपालले बताएका छन ।

 

आज (बुधवार) आफू पक्षीय युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन गर्दै नेता नेपालले ओलीसँग सम्झौता नगर्ने तर सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलालाई उचित नमाने पनि मान्न बाध्य भएको बताए ।

 

नेता नेपालले ओलीसँग सहकार्य गर्न ७५ जेठा भन्दा पहिलेको बिन्दुमा फर्किनु पर्ने र फागुन २८ को अवैधानिक कदमलाई फिर्ता लिनु पर्ने अडान रहेको बताए ।

 

कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता नेपालले ओलीलाई गुटको नेता मात्र भएको आरोप लगाए । उनले वर्तमान समस्याको समाधान आफू भएको समेत दाबी गरे ।

 

नेता नेपालले माओवादी केन्द्रले मंगलवार पुनरावलोकनका लागि सर्वोच्चमा दिएको निवेदनलाई आफूहरूले स्वागत र  समर्थन रहेको  बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार