एमाले पार्टी ओलीको होइन - भीम रावल

10.7k Shares
सम्बन्धित पार्टी

काठमाडौं ।  नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल पक्षको कलंकिमा बैठक जारी रहँदा बाहिरिएका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको निलम्बनको बैठकले घोर भत्र्सना, निन्दा र विरोध गरेका छन् ।

 

बैठकबारे जानकारी दिँदै रावलले भने,‘ओलीको अरुमाथि तानाशाही लाद्ने, निरंकुश र स्वच्छाचारी चरित्रको द्योतक हो भनेका छौं र त्यसको भत्सर्ना निन्दा र विरोध गरेका छौं । रावलले भने, पार्टीको सिद्धान्त निती र विधान मिचिएको छ र नेपालको कम्युनिस्ट आन्दोलनलाई लञ्जित बनाउने स्थिति बनेको छ ।  उनले ओलीले नेताहरुमा माथि गरिरहेको कारवाहीलाई ‘कथित’ को संज्ञा दिँदै यसले पार्टीको सिद्धान्त र विधान मिचिएको बताए । 

ताजा अपडेट
सम्बन्धित समाचार