काठमाडौ । प्रधानमन्त्री ओलीले फासीवाद ल्याउन चाहनेहरुले नै अहिले फासीवाद आउन लाग्यो भन्दै लोकतन्त्रका विरुद्ध जनतालाई भड्काउने काम प्रचण्डले गरेको ओलीको दाबी रहेको छ ।
शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि पनि लोकतन्त्रका विरुद्ध जनतालाई भड्काउने काम गरेकाहरु नै अहिले फासीवाद आयो भन्दै सरकारको विरोधमा पुन जनतालाई भ्रमित पार्ने प्रयासमा लागेको दाबी उनले गरे ।
उनले यसमा संलग्नहरुको नाम नलिएपनि केही दिन अघि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली समाज फासीवादी निरंकुशतातिर जाने खतरा रहेको बताएका थिए ।
ओलीले भने “के हो तानाशाही भनेको ? फासीवाद भनेको शब्द बुझेर बोलेको हो कि नबुझि बोलेको हो ? के हो फासीवाद भनेको ? जसले फासीवाद छ अहिले भने, त्यही मान्छेले फासीवाद ल्याउन खोजेका थिए ।
संविधानले शान्तिपुर्ण परिर्वतनको बाटो दिएपछि पनि जनताको अभिमत, जनताका बीचमा जाने कानुनी र प्रणनालीगत व्यवस्था खुल्ला भएपछिपनि जनतालाई भड्काएर,उचालेर लोकतन्त्रका विरुद्ध केही गर्नुपर्ने आवश्यकताको नेतृत्व जो मान्छेले गर्छ , लोकतन्त्रका विरुद्ध उसैले भन्छ कि फासीवाद, तानाशाही, अधिनायकवाद भो ।
नबुझेर बोल्या जस्तो लाग्यो मलाई । यस्ता भ्रमपुर्ण कुराबाट भ्रमित हुनुपर्ने कुनै आवश्यकता छैन । प्रधानमन्त्रीले बताए ।