काठमाडौँ । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले कुनै निर्णय नगरेको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।
उहाँले भने, "आज समर्थन फिर्ता लिइँदैन । आजको समर्थन फिर्ता लिनेबारे निर्णय हुने सम्भावना नरहेको छ । " आज बस्ने माओवादी केन्द्रको स्थायी कमिटि बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा थियो । तर बिहान ११ बजे बोलाइएको बैठक स्थगित भइसकेको छ ।
नेताहरु उपत्यका बाहिर रहेका कारण बैठक स्थगित भएको माओवादी केन्द्रकी नेतृ पम्फा भुषाले जानकारी दिइन् । अन्तिम समयमा बैठक स्थगित हुनलाई चासोका साथ हेरिएको छ । अर्काे बैठक कहिले बस्ने भन्ने टुंगो लागि नसकेको भुषालले बताइन् ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने घाेषणा गरेका थिए ।