सीएनएन
म्यानमारमा गत फेब्रुअरी १ देखि सैन्य शासन लागू भएको दुई महिना पुगिसकेको छ । त्यसबेलादेखि हालसम्म त्यहाँ सैन्य शासनको विरुद्ध तथा लोकतन्त्र पुनर्स्थापनाको पक्षमा लगातार विरोध प्रदर्शनमा सेना तथा प्रहरीको गोली लागेर कम्तीमा ५५० जनाको मृत्यु भएका छन् ।
आन्दोलनलाई मत्थर पार्नका लागि सुरक्षाकर्मीले प्रदर्शनमा उत्रनेलाई २० वर्ष जेल सजाय साथै बन्दुक चलाउने चेतावनी दिँदा समेत प्रदर्शनकारीमाथि गोलीसमेत चलाएका थिए । यसबीचमा सेना तथा प्रहरीको गोली लागेर कम्तीमा ५५० जनाको मृत्यु भएको थाइल्यान्डको अधिकारवादी संस्था एसिस्टेन्स असोसिएसन फर पोलिटिकल प्रिजनर्स एएपीपीले जनाएको छ।
अहिले जुन्ता शासकले देशभर इन्टरनेट सेवा अनिश्चितकालको लागि बन्द गरिदिएको छ। लोकतान्त्रिक नेतृ आङ साङ सूचीलाई विभिन्न अभियोग लगाएर जेल सजाय दिइने खेल पनि रचिएको बताइएको छ। सुचीको पार्टीले धाँधली गरेर चुनावमा बहुमत ल्याएको सेनाको आरोप छ। सुची तथा राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरु अहिले नजरबन्दमा छन् ।