ओली "मार्क्सवाद होइन कमाउवाद नै हो" माधव नेपालको आरोप

15.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौ ।  कुर्सी नै भाँच्ने प्रवृत्ति केपी ओलीमा रहेको नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले  आरोप लगाएका छन् ।

 

ओलीले यसपटक पनि आफू संकटमा परेपछि संसद् नै विघटन गरेको माधव नेपालले बताउनुभयो । नवौं महाधिवेशनमा जालझेल गरेर ओलीले जितेको भन्दै उनले फुर्ती नलागाउन पनि चेतावनी दिए ।

 

२०७२ सालमा आधा आधा कार्यकाल प्रधानमन्त्री बन्नेगरी उहाँले माओवादी अध्यक्ष प्रचण्डसँग सहमति गर्नुभयो । प्रचण्डको पालो आएपछि छाड्दिनँ भन्नुभयो । सहमतिका लागि मलाई मध्यस्थता  गर्न बोलाइएको थियो’ आइतबार नेपाल–खनाल समूहको काठमाडौं जिल्ला कमिटीको घोषणा कार्यक्रममा उनले भने, ‘मैले पद छाड्नुस् प्रधानमन्त्री प्रचण्डलाई दिनुस्, त्यसो गर्दा हाम्रो पार्टी पनि सरकारमै रहन्छ भनेको थिए, सुरुमा हुन्छ भन्नुभयो । तर पछि फेरि बोली फेर्नुभयो । त्यसपछि कांग्रेस र माओवादी मिले, एमाले सरकारबाटै बाहिरियो ।

 

नेता नेपालले ओलीको बुझाइमा मार्क्सवाद मुक्ति  नभइ कमाउवाद  भएको दावी गरे । ‘महाधिवेशनमा जालझेलले जितेको मान्छेले फुर्ती लगाउन मिल्दैन । अधिवेशनबाट निर्वाचित भएका जिल्ला अध्यक्षलाई फालेर ओलीले कमाउवादलाई प्रश्रय दिँदैछन् । ओलीको बुझाइमा मार्क्सवाद मुक्ति होइन कमाउवाद हो’, उनले भने । 

नेपालले नवौँ महाधिवेशनले पारित गरेको विधानलाई ओलीले नमानेको भन्दै मुखले समाजवाद भनेपनि उनी दलाल पुँजीवादको सेवामा तल्लीन रहेको आरोप लगाए । 

 ‘केपी ओलीजी मुखले समाजवाद भन्नुहुन्छ तर उहाँ पुँजीवादको सेवा गर्न छोड्नुहुन्न । नवौँ महाधिवेशनले पारित गरेको विधानलाई पनि उहाँ मान्नुहुन्न’, नेता नेपालको भनाइ छ ।


उनले आफ्नो समूह श्रमजीवी ,बेरोजगार युवा, मध्यम वर्ग, राष्ट्रिय पुँजीपतिका पक्षमा भएको भन्दै ओली भजन मण्डली र गुट बनाउन तल्लिन रहेको पनि बताए ।

सिद्धन्तनिष्ट र क्रान्तिकारी पार्टी बनाउन लागेकाले आफूहरुको जीत सुनिश्चित रहेको पनि नेपालको दावी छ ।

उनले ओलीसँग आफ्नो व्यक्तिगत झगडा नरहेको भन्दै विचारको लडाइँ गरेको बताए । उनले कुन बेला कम्युनिस्ट पार्टी विसर्जन गर्ने हुन भन्ने भर नै नरहेको पनि बताए ।

विचार र संख्याको हिसावले पार्टीमा आफुहरु बहुमतमा रहेको भन्दै नेता नेपालले पार्टीमा विचार आफ्नो पारित भएपनि ओलीले अध्यक्षमा जितेर अहिले हैरान पारेको बताए ।

नेपालले ओलीको कार्यशैली सुधारका लागि धेरै प्रयास गर्दा पनि सफल हुन नसकेको बताएका हुन् । 


‘ओलीको कार्यशैली र व्यवहार देखेर नेता वामदेव पनि थाकिसक्नुभयो, अब उहाँपनि हामीसँगै आउनुहुन्छ’, नेता नेपालको भनाई छ । नेता नेपालले ओलीले पार्टी बनाउन नचाहेको भन्दै गुट र भजन मण्डली बनाउन लागिपरेको समेत जानकारी दिए । नेता नेपालले नेताहरु मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनालीमध्ये धेरै ओलीको पूर्वाग्रही प्रवृतिको शिकार भएको समेत बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार