यूक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले यूक्रेनको सुरक्षाका लागि आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको सहयोगका लागि आव्हान गरेका छन्। उनले रुसले यूक्रेनमा आक्रमण शुरु गरेदेखि अहिलेसम्म २६ सय भन्दा धेरै क्रुज मिसलाइल अवतरण गराईसकेको पनि जनाएका छन्।
जेलेन्स्कीले आफ्नो देशको प्रतिरक्षाको लागि इजरायली आइरन डोम, अमेरिकी पेट्रियट व्याट्रिहरु आवश्यक रहेको उल्लेख गरेका छन्।रुसले यूक्रेनमा आक्रमण शुरु गरेदेखि नै रुसी क्रुज मिसाइलहरुको वर्षा भएको, कतिलाई यसको प्रहार लागेको र कति उम्कन सफल भएको जेलेन्स्कीले उल्लेख गरेका छन्। हाल यूक्रेनले हवाई सुरक्षाको लागि मात्रै आव्हान गरको हैन, पूवी डोनबास क्षेत्रमा युद्ध चर्किदै गएपछि थप तोपखाना प्रणालीको आवश्यकता रहेको यूक्रेनले जनाएको छ।
सेभेरोडोनेत्स्ककोमा भएको युद्ध भयानक रंक्त रंजित युद्धमा परिणत भएको छ। यहाँ दुवै पक्ष भारी हताहत भएको जनाइएको छ। यो लडाईमा पूर्व बेलायती सैनिकको पनि मृत्यु भएको छ।