अ‍ोलीलाई बालुवाटारका कोठे बैठक मात्र प्रिय लाग्छ - सांसद डा. डिला संग्रौला

11.6k Shares
सम्बन्धित पार्टी

काठमाडौं ।  सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई बालुवाटारका कोठे बैठक मात्र प्रिय लाग्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले आरोप लगाएकी छन् । 

 

सांसद संग्रौलाले प्रधानमन्त्रीलाई संसदमा खुल्ला विमर्शभन्दा बालुवाटारको कोठे बैठक प्रिय लागेको बताएकी हुन् । उनले प्रधानमन्त्रीले पदमा बस्ने नैतिक आधार गुमाइसकेकाले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएकी छन् । सत्ता टिकाउन जे जस्तो कूकर्म गर्न तयार हुन्छन् भन्ने उनको सोच अब छताछुल्ल भैसकेको छ’, उनले भनिन्, ‘आज उनलाई प्रतिनिधिसभाको खुल्ला विमर्शभन्दा बालुवाटारको कोठे बैठक प्रिय भएको छ ।

उनले भनिन् :  ‘जनताप्रति अनुत्तरदायी खड्क– सत्ता स्वभावले नै अधिनायाकवादी र सर्वसत्तावादी छ । यसको चाडोभन्दा चाडो वर्हिगमन आजको आवश्यकता हो’  लामो संघर्ष र बलिदानपछि प्राप्त लोकतान्त्रिक पद्धतिको अवमूल्यन, संविधान माथि प्रहार र जनविरोधी क्रियाकलाप गरेको उनको भनाई छ । सांसद संग्रौलाले केपी ओली नेतृत्वको सरकार अकर्मण्य, अपारदर्शी, असंवेदनशिल र सत्तालोलुपताले भरिएको घैँटो जस्तै भएको बताइन् ।
ताजा अपडेट
सम्बन्धित समाचार