नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि रहँदैन - शेरबहादुर देउवा

13.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको र पार्टी कहिल्यै पनि संकटमा नरहेकोब बताएका छन् । 

 

पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन आग्रह गर्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले बताए । 

 

पार्टी कार्यालय सानेपामा आयोजित स्वर्गीय नवीन्द्रराज जोशीको १३ औ दिनको पुण्य तिथिमा  श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले भने, ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन। आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । देउवाले नेता जोशीको निधनले पार्टीले एक क्षमतावान नेता गुमाएको बताए । 

ताजा अपडेट
सम्बन्धित समाचार