समयको गतिसँगै निजामति प्रशासन परिवर्तन हुन नसकेको उपप्रधानमन्त्री पोखरेलको टिप्पणी

17.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामति सेवाका विभिन्न पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्दै निजामति प्रशासनमा ‘झिङ्गे टसाई’ सोच प्रमुख समस्याको रुपमा रहेको टिप्पणी गरेका छन् । 

 

समयको गतिसँगै निजामति प्रशासन परिवर्तन हुन नसकेको र  निजामति प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने उपप्रधानमन्त्री पोखरेलले टिप्पणी गर्नुभएको छ ।

 

उनले भने, सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन,’  ‘यसलाई विरासतमा पाएको भन्ने गरिएपनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा यसलाई बुझ्नु पर्दछ । उपप्रधानमन्त्री पोखरेलले कर्मचारीतन्त्र आफैंमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि बताए ।  

ताजा अपडेट
सम्बन्धित समाचार