काठमाडौं । बुधवार बसेको प्रदेश सभाको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सरकारले निर्वाचन गर्न लागेकाले त्यसलाई प्रतिगमन भन्न नमिल्ने टिपणी गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले बैठकलाई सम्बोधन गर्दै सरकारले अगाडी जाने कुरालाई प्रतिगमन भन्न नमिल्ने बारे सांसदहरुले सोधेको प्रश्नको जवाफमा दाबी गरेर बताए । मुख्यमन्त्री पौडेलले प्रश्न गर्दै भने- ‘मैले प्रतिगमन बुझेको छैन । के हो प्रतिगमन ? जनताको बीचमा गएर मत लिने काम प्रतिगमन होला र ?’ त्यस्तो बताएका हुन् ।
उनले भने, ‘हामी आज जहाँ भएपनि हिजो जहाँ थियौँ त्यहि हुनेछौँ । मैले माथिका बारेमा धेरै टिकाटिप्पणी गर्न चाहान्न ।’ हामी अझै यो देशलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा लागौँ ।’ मुख्यमन्त्री पौडलले भने ।