घोर बेइमानीको अर्को नाम केपी शर्मा ओली - माधवकुमार नेपाल

16.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौ ।  घोर बेइमानीको अर्को नाम केपी शर्मा ओली भएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले  बताएका छन्।

 

मोरङ जिल्लाको विराटनगर महानगरमा गठन गरेको कमिटीको घोषणा सभामा नेता नेपालले भने  ‘हिजो प्रचण्डलाई सँगै लाने र पालैपालो अध्यक्ष अनि प्रधानमन्त्री बन्ने भन्ने कागजमा सहीछाप गर्ने केपी ओली नै हुन्’, उनले भने ।

 

नेपालले भने, ‘आफ्नै पार्टीभित्र र पार्टीका साथीहरूलाई त ओलीले कैयौँ पटक बेइमानी गरे, प्रचण्डलाई पनि बाँकी राखेनन्। त्यसैले ओली घोर बेइमानीको अर्को उपनाम हुन्।’ नेता नेपालले ओलीसितको लडाइँ भनेको सत्य र असत्य अनि न्याय र अन्याय बीचको संघर्ष भएको स्पष्ट पार्दै यही लडाइँले कम्युनिस्ट आन्दोलन र आदर्शको रक्षा गर्ने जिकिर गरे। उनले आफू जिल्लाजिल्ला र गाउँगाउँमा कमिटी गठन गर्न क्रियाशील रहेको चर्चा गर्दै पार्टीको ५० प्रतिशतभन्दा बढी शक्ति आफूसित भएको दाबीका साथै प्रधानमन्त्री ओली माथि  आक्रामक भएका हुन् ।

 

ओलीसित आफ्नो व्यक्तिगत लडाइँ नभएर कम्युनिस्ट पार्टीलाई क्षतविक्षत बनाउने प्रवृत्तिसितको संघर्ष भएको उनले बताए ।

 

 

ताजा अपडेट
सम्बन्धित समाचार