भारत । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई एक दिनका लागि भारतको निर्वाचन आयोगले चुनाव प्रचारमा रोक लगाएको छ ।
केही दिन अगाडि एक चुनावी ¥यालीमा मुस्लिम समुदायसँग सम्बन्धी विवादित वयान गरेकोले उनको चुनाव प्रचारमा सोमबार रातिदेखि निर्वाचन आयोगले एक दिनका लागि प्रतिबन्ध लगाएको हो ।
पश्चिम बंगाल विधानसभा निर्वाचन २७ मार्चदेखि सुरु भएको थियो । आठ चरणमध्ये चार चरणको चुनाव सम्पन्न भइसकेको छ । चार चरणको चुनाव बाँकी रहेको बेला ममतामाथि प्रतिबन्ध लगाइएका छन् ।