सरकारविरोधी प्रदर्शनकारीमाथि श्रीलंकाली सेनाको धरपकड

13.5k Shares

श्रीलंकाली सेनाले सरकारविरोधी प्रदर्शनकारीलाई धरपकड गर्दै कोलम्बोस्थित राष्ट्रपति कार्यालय आफ्नो नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसारसेनाले प्रदर्शनस्थलमा बनाइएका टेन्ट पनि भत्काइदिएको छ ।

साथै केही प्रदर्शनकारी नेतालाई पनि उसले नियन्त्रणमा लिएको जनाइएको छ । प्रधानमन्त्रीको कार्यालयअगाडि टेम्पल ट्रीजबाट प्रदर्शनकारी हटेपछि सेनाले राष्ट्रपति सचिवालय आफ्नो नियन्त्रणमा लिएको हो । सेनाको धरपकडमा केही प्रदर्शनकारी घाइते भएको पनि अल जजिराले जनाएको छ ।

नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघले शपथ लिएको केही घण्टामै सेनाले कारबाही सुरु गरेको हो । हप्तौँ लामो प्रदर्शनपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष मुलुक छाडेर भाथेका थिए । त्यसपछि संसद्‍मा भएको निर्वाचनमा विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका हुन् । विक्रमासिंघले शुक्रबार नयाँ प्रधानमन्त्री र मन्त्रीहरू नियुक्त गर्ने बताइएको छ ।

राजापाक्षे परिवारप्रति मात्र नभएर प्रदर्शनकारी विक्रमासिंघेप्रति पनि रुष्ट छन् । विक्रमासिंघले प्रदर्शनकारीमाथि कारबाही हुन सक्ने संकेत पनि गरेका थिए । केही प्रदर्शनकारीले भने उनलाई एक पटक मौका दिनुपर्ने बताएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार