आगोसँग खेले खरानी बनाउने बाइडेनलाई सीको चेतावनी

11k Shares

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच गएराति दुई घण्टा लामो फोन वार्ता भएको छ।

 यी दुई नेताबीचको टेलिफोन वार्तामा ताइवानको विषयमा छलफल भएको र एकअर्का देशलाई चेतावनी दिएको बीबीसीले जनाएको छ। बाइडेनले चिनियाँ समकक्षी सीलाई ताइवानमाथि भइरहेको एकतर्फी आक्रमण अमेरिकालाई सह्य नहुने चेतावनी दिए। तर उनले अहिलेसम्म अमेरिकाले ताइवानमाथिको नीतिमा पुनर्विचार नगरेको उल्लेख गरे। 

चिनियाँ राष्ट्रपति सीले अमेरिकालाई एक चीन नीतिको पालना गर्न आग्रह गरे। चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार सीले आगोसँग खेले खरानी हुने चेतावनी समेत दिए। 

एक चीन नीतिअनुसार अमेरिकाले ताइवानलाई कुटनीतिक मान्यता दिँदैन। तर अमेरिका लोकतान्त्रिक रुपमा स्वशासित ताइवानलाई हतियार बिक्री गर्दै आएको छ।

ताजा अपडेट
सम्बन्धित समाचार