सम्झौता बचत तथा ऋण सहकारी संस्थाले मनायो आफ्नो ११औं वार्षिकोत्सव

24.2k Shares

विराटनगरः विराटनगर १२ मा रहेको सम्झौता बचत तथा ऋण सहकारी संस्थाले  ११औं वार्षिकोत्सव मनाएको छ । 
संस्थाले शुक्रबार केन्द्रिय कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको संस्थाका अध्यक्ष महेश कुमार साहले बताए । उनले संस्थाले विगत एक दशक देखि लगातार वित्तिय क्षेत्रमा आफ्नो अब्बल पहिचान बनाउन सफल भएको बताए । उनले कुनै संस्था कुनै एक व्यक्तीको एकल चाहनाले नभइ सामुहिक एकताले अगाडि बढ्ने भन्दै संस्थामा दशकौं देखि योग्दान दिनेहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामि दिनमा थप परिस्कृत भएर अगाडि बढ्ने प्रतिबद्धता व्यत्तः गरे । 

११औं वार्षिकोत्सवको अवसर पारेर नव ग्राहकलाई प्रवेश शुल्क नलिने व्यवस्था गरेको छ । यो नियम वार्षिकोत्सवका दिन देखि एक वर्षसम्म लागु रह्ने संस्थाका उपाध्उक्ष सोमित कुमार कर्णले बताए ।

सोहि वार्षिकोत्सवका दिन संस्थाका पुर्व अध्यक्ष कुल प्रसाद दाहाललाई वर्तमान अध्यक्ष साहले मायाको चिनो सहति सम्मान गरेका थिए । 

अहिले संस्थाको अध्यक्षमा महेश कुमार साह,उपाध्यक्षमा सोमित कुमार कर्ण,कोषाध्यक्षमा संदेश यादव,सचिवमा सन्नी कुमार साह रहेका छन् भने सदस्यामा प्रतिभा साह,राकेश कुमार कर्ण र मिना महर्जन रहेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार