काठमाडौं । शुक्रबार नेकपा (एमाले) नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको शपथ ग्रहण समारोहमा बोल्दै नेता सुरेन्द्र पाण्डेले केपी शर्मा ओली सरकारबाट हटेलगत्तै ‘आई लभ यु केपी बा’ भन्नेहरू पनि हराउने हुनेछ, उनलेे बताए ।
उनले भने, “आई लभ यु केपी बा, त्यो सुन्दैमा मजा लाग्छ। त्यस्तो सुन्नमा मजा लाग्ने राजर्षि शैली होइन ?
उनले भने, हिजो राजालाई उनका मान्छले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्थे । तर अहिले राजाका लागि कोही सडकमा प्राण दिन तयार भएको तपाईंले देख्नुभएको छ ? छैन। यी आई लभ यु केपी बा भन्ने पनि ओलीजी बाहिरिन बित्तिकै ती सबै टाप कस्छन्,” नेता पाण्डेले भने।
उनले विगतमा पार्टीलाई अप्ठेरो परेका बेला कसैले साथ नदिएको पनि बताए। “हिजो हामी जतिखेर अप्ठेरो बेलामा पार्टी बनाउँदै थियौं कोही मान्छे मेरो, तेरो मान्छे हुँ भनेर आउँदैन थियो,” उनले भने, “त्यसबेला साथ दिने पार्टीका साथिहरू हुन्थे, जनता हुन्थे, जहाँ हामी बस्थ्यौं, जहाँ हामी पार्टी निर्माण गरेर जहाँ सेल्टर निर्माण गर्यौं ति मान्छेले हामीलाई साथ दिए र अहिले पनि दिने तिनै हुन्।”